काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलको नेतृत्वमा प्रदेश १ र बागमतीमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
सोमबार पेसागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईवटा प्रदेशमा छिटै एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।
त्यसका लागि तयारी अवस्थामा रहन पेसागत महासङ्घलाई उनले अनुरोध गरे । बैठकमा सहभागी पेसागत महासङ्घका उपाध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य प्रेमल खनालले तत्कालै दुईवटा प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा सरकार बन्न लागेको नेता नेपालले बताएको जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पार्टीको प्रभावकारी उपस्थिति रहेको दाबी गरे । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०५ असोज २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार