काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलको नेतृत्वमा प्रदेश १ र बागमतीमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
सोमबार पेसागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईवटा प्रदेशमा छिटै एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।
त्यसका लागि तयारी अवस्थामा रहन पेसागत महासङ्घलाई उनले अनुरोध गरे । बैठकमा सहभागी पेसागत महासङ्घका उपाध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य प्रेमल खनालले तत्कालै दुईवटा प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा सरकार बन्न लागेको नेता नेपालले बताएको जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पार्टीको प्रभावकारी उपस्थिति रहेको दाबी गरे । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०५ असोज २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव