सेती अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, १४ : १५
सेती अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका– २ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १६२ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ९ जना संक्रमित उपचाररत छन्। जसमध्ये ४ जनाको आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।