यसरी मनाईयो २३औं वन्यजन्तु सप्ताह (फोटो फिचर)

सुरेन कुँवर

शनिबार, ०८ बैशाख २०७५, १३ : ०६
यसरी मनाईयो २३औं वन्यजन्तु सप्ताह (फोटो फिचर)

चितवन । २३ औ वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रम गरी मनाईएको छ । यस बर्षको नारा ‘समृद्धिका लागि वन्यजन्तु संरक्षण ’ भन्ने थियो । वैशाख १ देखि ७ गतेसम्म चितवन राष्ट्रिय निकुञ्ज भित्र विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर सप्ताहव्यपी रुपमा मनाईएको हो । सप्ताहाव्यपी कार्यक्रममा निकुञ्जले सरोकारवाला व्यक्तिहरुलाई चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी पनि गराएको थियो ।

शुक्रबार कार्यक्रमको समापनको दिन प्रदेश नं. ३ ख का सांसद कृष्णप्रसाद भुर्तेल,रत्ननगर नगरपालिकाका मेयर नारायण वनले निकुञ्जको अवलोकन गर्नुभएको थियो । अवलोकन पछि संक्षिप्त प्रतिकृया दिनु हुदै सांसद कृष्णप्रसाद भुर्तेलले प्रदेश नं. ३ को विकासको लागि पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटनलाई उद्योगको रुपमा विकास गरि अन्तरिक आम्दानीलाई वृद्धि गरि देशलाई समृद्धि तर्फ लौजान सकिने उहाँको भनाई छ । त्यस्तै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले स्थानिय सरकारको हैसियतले पर्यटकीय क्षेत्रको विकासमा सधै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटकीय क्षेत्रलाई थप व्यवस्थीत बनाउदै पर्यटकलाई आर्कषणको केन्द्र बनाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस