काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।
यस्तै चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
असोज महिना लागेदेखि निरन्तर ओरालो यात्रामा रहेको सुनचाँदीको मूल्य असोज १ गतेदेखि आज ४ गतेसम्ममा क्रमशः १६ सय रुपैयाँ र ६५ रुपैयाँले सस्तिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असोज २०७८, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?