पछिल्लो २४ घण्टामा थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि / १२ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १६ : ४४
पछिल्लो २४ घण्टामा थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि / १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ।

आइतबार १ हजार ४ सय १३ कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २४ हजार ३ सय १३ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार ३ सय ४ पीसीआर तथा २ हजार ७ सय ९ एन्टिजेन परीक्षण भएको छ।