जनकपुरधाम । नेकपा एमालेका युवा नेता महेश बस्नेतले अध्यक्ष ओलीबिरुद्व लागेका र एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बताएका छन् ।आइतबार एमाले निकट राष्ट्रिय युवा संघको जनकपुरधाममा कार्यालय उद्घाटन गर्दै बस्नेतले संसद पुर्नस्थापन गर्ने बेलामा संवैधानिक इजलासमा बसेका सबै न्यायाधीशलाई मानपदवी दिइनु नेपालको इतिहासको लाजमर्दो क्षण भएको बताए ।
उनले केपी ओलीबिरुद्ध मुद्दा हाल्ने, लड्ने सबैले मानपदवी पाएको भन्दै यो राज्यको श्रोतसाधनलाई दुरुपयोग गर्न खोजिएको बताए । झलनाथ खनाललाई, माधव नेपालको बुवालाई पनि एमाले फुटाएकै कारण मानपदवी दिइएको उनको भनाइ छ । कम्युनिष्ट आन्दोलन ध्वस्त पारेपछि प्रचण्डकी श्रीमति सीता दाहाललाई मानपदवी दिइएको उनले बताए ।
‘भ्रष्टाचार भनेको आर्थिक अनियमितता मात्रै होइन् मानपदवी र नीतिमा मनमानी गर्नु पनि अनियमितता हो’ नेता बस्नेतले भने, ‘इतिहासमै नभएको देउवा सरकारले गम्भीर भ्रष्टाचार गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असोज २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत