जनकपुरधाम । नेकपा एमालेका युवा नेता महेश बस्नेतले अध्यक्ष ओलीबिरुद्व लागेका र एमाले फुटाउन सहयोग गर्नेलाई सरकारले मानपदवी दिएको बताएका छन् ।आइतबार एमाले निकट राष्ट्रिय युवा संघको जनकपुरधाममा कार्यालय उद्घाटन गर्दै बस्नेतले संसद पुर्नस्थापन गर्ने बेलामा संवैधानिक इजलासमा बसेका सबै न्यायाधीशलाई मानपदवी दिइनु नेपालको इतिहासको लाजमर्दो क्षण भएको बताए ।
उनले केपी ओलीबिरुद्ध मुद्दा हाल्ने, लड्ने सबैले मानपदवी पाएको भन्दै यो राज्यको श्रोतसाधनलाई दुरुपयोग गर्न खोजिएको बताए । झलनाथ खनाललाई, माधव नेपालको बुवालाई पनि एमाले फुटाएकै कारण मानपदवी दिइएको उनको भनाइ छ । कम्युनिष्ट आन्दोलन ध्वस्त पारेपछि प्रचण्डकी श्रीमति सीता दाहाललाई मानपदवी दिइएको उनले बताए ।
‘भ्रष्टाचार भनेको आर्थिक अनियमितता मात्रै होइन् मानपदवी र नीतिमा मनमानी गर्नु पनि अनियमितता हो’ नेता बस्नेतले भने, ‘इतिहासमै नभएको देउवा सरकारले गम्भीर भ्रष्टाचार गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असोज २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’