एमाले स्थायी कमिटी बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १५ : २१
एमाले स्थायी कमिटी बैठक सुरु

फाइल फोटो

काठमाडौँ  । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो।

एमालेले च्यासलस्थित प्रतिष्ठानमै संविधान दिवसबारे कार्यक्रम सक्नेबित्तिकै स्थायी समिति बैठक सुरु भएको हो।

बैठक विधान महाधिवेशन केन्द्रीत हुने बताइएको छ। असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदैछ।

प्रतिक्रिया दिनुहोस