काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको बताएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताएका हुन् ।
शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहमा अर्थमन्त्री शर्माले योजना बनाउने प्रचलन कहाली लाग्दो भेटिएको बताए ।अर्थमन्त्री शर्माले अगाडि भने, ‘देशलाई कति सडक चाहिने हो, कुन सडक कति लेनको हुनुपर्ने हो, यसको कुनै मानक भेटिएन । जो सत्तामा आयो, त्यसले आफ्नै मनमौजी तरिकाले सडकमा बजेट हाल्ने गरेको पाइयो ।’ आफूले सबै मन्त्रालयका सचिवलाई पुँजिगत खर्च नहुनुको कारणबारे सोध्दा ‘चाहिने ठाउँमा बजेट नभएको र नचाहिने ठाउँमा बजेट हालेका कारण खर्च नभएको’ उत्तर पाएको उनले सार्वजनिक गरे ।
उनले नेपाललाई राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीको खाँचो रहेको भन्दै सोही अनुसारको प्रणालीको विकास गर्न आवश्यक रहेको बताए । रोजगारी सिर्जनाका लागि मुलुक भित्र उद्योग–धन्दा खोल्नु पर्ने भन्दै त्यसको पक्षमा निर्णय लिँदा कतिपयलाई घाटा पर्न सक्ने बताए । आफूले व्यक्ति भन्दा मुलुकलाई फाइदा हुने गरी निर्णय लिएको उनको तर्क छ। अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउँन खोज्दा सरकारी संयन्त्रले नै नमानेको भन्दै उनले वातावरण सहज बनाउनु भन्दा ढोका नै बन्द गर्ने प्रचलन सरकारी संयन्त्रको रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असोज २०७८, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने