‘जीवनको पाना’मा सरोज खनालको जीवन्त अभिनय (भिडियोसहित )

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १३ : १५
‘जीवनको पाना’मा सरोज खनालको जीवन्त अभिनय (भिडियोसहित )

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो गत शनिबार सार्वजनिक गरिएको हो ।

बमकुमार श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा अभिनेता सरोज खनालको अभिनय रहेको छ ।

सरोज खनालको परिकल्पना र राज केसीको निर्देशनमा तयार म्युजिक भिडियोमा सरोज स्वयंमले शीर्ष भूमिकामा अभिनय गरेका हुन् ।केन्द्र मोशन पिक्चर्स र राजेन्द्र वाग्लेको प्रस्तुती रहेको गीत र भिडियो निकै मार्मिक छ । गीतमा सर्जकहरूको जीवनको उत्तराद्र्धको कथा अनि व्यथा अभिव्यक्त गरिएको छ ।

भिडियोमा सरोजले जीवन्त अभिनय गरेको धेरैले प्रशंसा गरेका छन् । हरि हुमागाइँको डिओपी, उत्तम हुमागाईँको सिनेम्याटोग्राफी रहेको भिडियोलाई रमेश थापाले सम्पादन गरेका हुन् ।भिडियोमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मण प्रसाद अधिकारी, राजेन्द्र कट्टेल लगायतको समेत अभिनय छ । भिडियोको भ्यूज भने कम छ ।

 

प्रतिक्रिया दिनुहोस