काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा संविधानको कार्यान्वयनमा सहजता आउने बताएका छन् ।
संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरूको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न उनले सबै पक्षसँग आग्रह गरेका छन् ।
‘संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा यसको कार्यान्वयनमा सहजता आउने कुरा स्वयम् सिद्ध छ ‘ सन्देशमा भनिएको छ, ‘आम नागरिकले नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सम्बद्ध सबैसँग अपिल गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असोज २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे