पूर्व राष्ट्रपतिको यादवको टिप्पणी : ‘ओली र अहिलेका राष्ट्रपतिले मिलोमत्तोमा संविधानमाथि आक्रमण गरे’

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, ०९ : ४१
पूर्व राष्ट्रपतिको यादवको टिप्पणी : ‘ओली र अहिलेका राष्ट्रपतिले मिलोमत्तोमा संविधानमाथि आक्रमण गरे’

काठमाडौं । डा. रामवरण यादवले संविधानसभावाट बनेको संविधानलाई पूर्व प्रधानमन्त्री केपी ओलीले राष्टपति विद्यादेवी भण्डारीसँग मिलेर च्यात्ने काम गरेको टिप्प्णी गरेका छन् । संविधान निर्माणका क्रममा आफुले प्रक्रिया छोट्याएर हतारमा संविधान जारी नगर्न दलहरुलाई सुझाएपनि दलहरुले त्यसलाई अन्देखा गरेपनि संविधानसभाबाट बनेको संविधान उन्नत लोकतान्त्रिक विधि र प्रक्रियाबाट बनेको बताए । तर यसलाई कार्यान्वयन गर्नेहरुले नै गलत दिशामा लैजान खोजे देशले नै गम्भिर सम्वैधानिक संकट भोग्ने अवस्था आउने पूर्व राष्ट्रपति डा. रामवरण यादवको भनाई थियो ।

सुपात्रहरुले राज्य सञ्चालन गर्दा संविधानको रक्षा हुने तर कुपात्रहरुले राज्य सञ्चालन गर्दा संविधानमाथी सांघातिक आक्रमण हुने पूर्व राष्ट्रपति यादवले बताए । केपी ओली प्रधानमन्त्री भएपछि उनले संविधानलाई आफु अनुकुल ब्याख्या गर्ने र संविधान भत्काउने काम गरेको आरोप पूर्व राष्ट्रपतिको थियो । कार्यपालिका प्रमुख हुँदा ओलीले सम्वैधानिक संस्था र सम्मानित संस्थाको रुपमा रहेको राष्ट्रपतिको सस्थालाई पनि दुरुपयोग गरेर संविधानमाथी सांघातिक आक्रमण गर्ने काम भएको डा. यादवले बताए ।

उनले भने, –‘ ओलीजीले कार्यपालिका प्रमुख हुँदा संविधानमाथी सांघातिक आक्रमण गर्ने काम भयो । त्यसमा सम्माननीय राष्ट्रपतिजीको पनि मिलेमतो देखियो । उहाँले कार्यकारीलाई सहज ढंगले भन्न सक्नुहुन्थ्यो कि तपाईंलाई सरकार चलाउन सहज छ, दुई तिहाइनजिक मत छ, पार्टीको झगडा मिलाउनुस् तर त्यसलाई कारण बनाएर संसद् विघटन नगर्नुस् । तर न ओली जीले कार्यपालिका प्रमुख हुँदा संविधानको रक्षा गर्न खोजे, न राष्ट्रपतिले ओलीजीलाई सम्झाउने प्रयास गर्नुभयो । उल्टै मिलोमत्तो देखियो ।‘

संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएपनि पटक पटक विघटन प्रयास गरेको भन्दै त्यसलाई अदालतले सच्चाएको यादवको भनाई थियो । सारा संवैधानिक अंगलाई निष्क्रिय बनाउने, आफ्ना खल्तीका मान्छे राख्ने गरेर संविधानको परिकल्पना विपरित ओली जान खोजेको पनि यादवले बताए । यादवले भने, –‘सबै निकायमा सक्षम, निष्पक्ष, तटस्थ र नयाँ सोच भएका व्यक्तिहरूको चयन हुनुपर्ने हो । कार्यपालिकाले जुन काम गर्छ त्यसमा त्रुटि छ भने संसद्प्रति जिम्मेवार हुनुपर्छ ।

प्रतिनिधिसभाले बनाएका कानुनमा कमीकमजोरी भए त्यसलाई अदालतले हेर्ने व्यवस्था छ । सबै अंगका आ–आफ्ना खेलका नियम छन्, त्यही परिधिभित्र बसेर खेल्नुपर्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले आफ्नो परिधि नाघ्नु भएकाले अप्ठ्यारो अवस्था सिर्जना हुन पुग्यो । विगतमा राजाले संविधानको सीमा नाघेर मन्त्रिपरिषद्को अध्यक्ष भएर आफैं शासन प्रशासन चलाउन थाल्दा समस्या आएको थियो ।’

राष्ट्रपतिले आफनो मर्यादा के हो भन्ने सोच्नु पर्नेमा ओलीसँगको मिलोमत्तोमा काम गरेको आरोप लागेकोले त्यसलाई मेट्न नसकेको उनको भनाई थियो । ‘ओलीजीले सारा निकायलाई कब्जा गर्दै अन्त्यमा जनताको सर्वोच्च संस्था नै भंग गरिदिनुभयो, त्यो पनि विवादरहित हुनुपर्ने जनताको सर्वोच्च संस्था राष्ट्रपति संस्थासित मिलेर । तर त्यसो गरिनु हुन्नथ्यो, उहाहरुले संविधानलाई बुझ्नै सक्नुभएन,’ डा यादवले भने ।

प्रतिक्रिया दिनुहोस