आईसीसी विश्वकप क्रिकेट लिग–२

ओमानसँग खेल्दै नेपाल

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, ०९ : २७
ओमानसँग खेल्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले ओमानसँग खेल्न लागेको हो ।

अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ ।

सिरिजअन्तर्गत नेपालले तीन खेल खेलको छ । जसमा एक खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भयो । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको नेपाललाई स्पष्ट जितको विकल्प छैन । नेपालको तीनवटै खेलमा ब्याटिङ नचल्दा समस्या भएको थियो ।

यता, नेपालको प्रशिक्षकका रूपमा वाटमोरको ओमान भ्रमण अन्तिम हुनेछ । र, ओमानविरुद्धको खेल अन्तिम खेल हुनेछ । त्यसैले खेलाडीहरू ओमान भ्रमणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रशिक्षकको सुखद बिदाइ गर्न चाहन्छन् ।
 

प्रतिक्रिया दिनुहोस