काठमाडौँ । बेलायत सरकारले नेपालमाथि लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेड लिस्ट’ कायमै राखेको छ । बेलायत सरकारले सेप्टेम्बर २२ बिहानबाट लागू हुनेगरी बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्यालाई रेड लिस्टको सूचीबाट हटाउने भएको छ ।
दक्षिण एसियाका चारवटा मुलुक रेड लिस्टबाट हट्दा पनि नेपाललाई भने बेलायत सरकारले अझै हटाएको छैन । भारतलाई यसअघि नै रेड लिस्टबाट हटाइएको छ भने दक्षिण एसियाली मुलुकहरुमा नेपाल र अफगानिस्तान रेड लिस्टमा राखिएको छ । बेलायतको रेड लिस्टमा अझै चार दर्जन भन्दा बढी मुलुकहरु पर्दछन ।
रेड लिस्टका मुलुकबाट बेलायत आउनको लागि बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका बाहेकका नागरिकलाई प्रतिबन्ध गरिएको छ । नेपाललाई रेड लिस्टबाट हटाउन नेपाली दूतावास लन्डन लगायत स्थानीय नेपाली संघसंस्थाले पनि पहल गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित