अभिनेत्री करिश्मा मानन्धरलाई जब एमाले अध्यक्ष केपी ओलीको फोन आयो....

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १० : ४६
अभिनेत्री करिश्मा मानन्धरलाई जब एमाले अध्यक्ष केपी ओलीको फोन आयो....

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरलाई पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माले फोनवार्ता गरेका छन् ।  अहिले कक्षा १२ को परीक्षा दिइरहेकी मानन्धरलाई परिक्षामा उर्तिर्णको शुभकामना दिदैं ओलीले फोन गरेका हुन् ।  

मानन्धरले आफ्नो फेसबुक मार्फत यसबारेमा जानकारी दिएकी हुन्। आफ्नो अभिनय जीवनको तीन दशकसम्म सक्रिय करिश्मा अहिले पढाईसँगै अभिनय यात्रालाई निरन्तरता दिइरहेकी छन्। केही दिन अगाडिमात्र उनको कक्षा १२ को परीक्षा सुरु भएको हो । 

ओलीको फोनबाट कृतज्ञ भएकी मानन्धरले  लेखेकी छन्, ‘आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल दिनुभएकोमा धन्यवाद केपी बुवा।’

हेर्नुस फेसबुकमा उनले राखेकी स्टाट्स :

प्रतिक्रिया दिनुहोस