हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजय क्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सुरक्षा समितिका संयोजकसमेत रहेका मन्त्री शाक्यको संयोजकत्वमा बसेको बैठकमा बागमती प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतीका विषयमा प्रस्तुतिकरण भएको थियो ।
बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपद्, सडक सुरक्षा, विभिन्न घटनाको प्रतिक्रिया स्वरुप हुनसक्ने विरोध प्रदर्शन र यसले थप्ने सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्री शाक्यले जानकारी दिए । नजिकिँदै गरेको चाडपर्व (दशैंतिहार) लाई मध्यनजर गरी हुनसक्ने अपराधका घटना न्यूनीकरण गर्न मन्त्री शाक्यले उपस्थित सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिए ।
बैठकमा २८ नम्बर बाहिनी सुपारेटारका सहायक रथी जोनसन खड्का, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रशासजंग कार्की, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बरगढीमाई बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दीप श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालयका अनुसन्धान निर्देशक हरिहर पौडेल र जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौतीको विषयमा प्रस्तुतिकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असोज २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति