चीनमा एक अर्ब बढीलाई कोरोना खोप

एजेन्सी

शुक्रबार, ०१ असोज २०७८, १२ : १८
चीनमा एक अर्ब बढीलाई कोरोना खोप

एजेन्सी । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ ।हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको हो ।

एक अर्ब ४० करोड चिनियाँ मध्ये हिजोसम्ममा १ अर्ब जनलाई दुवै डोज खोप लगाइसकेको पनि चिनियाँ अधिकारीहरुले बताएका छन् ।खोप लगाएकाहरु मध्ये २० करोड ६० वर्ष माथिका छन् भने ९ करोड ५० लाख १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरी रहेका छन् ।

आक्रामक खोप अभियानका बावजुद चीनमा अझै पनि कोरोना पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । दक्षिण पूर्वी प्रान्त फुचियानमा गत साता २ सय बढी संक्रमित भेटिएका छन् ।विश्वमै चीनपछि सवैभन्दा धेरै कोरोना खोप लगाउने देश भारत हो, जहाँ अहिलेसम्म ७५ करोड मानिसलाई खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस