देउवा सरकार राष्ट्रियताका मुद्धामा चुके : योगेश भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, ११ : ४२
देउवा सरकार राष्ट्रियताका मुद्धामा चुके : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको आरोप लगाएका छन् । सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको उनको टिप्पणी छ ।  

शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले देउवा सरकारलाई जतिसक्दो जाँडो विस्थापित गरेर एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प नभएको बताए । 

नेता भट्टराईले एमसीसीका विषयमा टिकाटिप्पणी गर्ने नागरिकलाई बोल्न नदिनु, सीमा विवाद बल्झदै जानु, विदेशीका कारण नेपालीको मृत्यु हुँदा एक शब्द नबोल्नुले प्रधानमन्त्री देउवालाई पदमा बसिरहने नैतिक आधार नभएको दावी गरे । 

उनले एमसीसीबारे सरकारको धारणा नआइसकेको उल्लेख गर्दै सत्ता गठबन्धनमा रहेका दलको एसिसिबारे आधिकारिक धारणा बाहिर ल्याउन समेत माग गरे ।

नेता भट्टराईले पार्टी विभाजन दुःखद् भएको बताउँदै विभाजनले एमाले पार्टीलाई पाँच प्रतिशतमात्र क्षति पु¥याएको दावी गरे । पार्टी विभाजनको असर केन्द्रय नेतृत्वमा केही बढी देखिएपनि स्थानीय र प्रदेश तहमा विभाजनको असर नपरेको दाबी गरे ।
उनले पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाएका नेता माधव नेपाल एमालेमा फर्कनुको विकल्प नरहेको समेत उल्लेख गरे ।
 

प्रतिक्रिया दिनुहोस