लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै : डब्लुएचओ

एजेन्सी

विहीबार, ३१ भदौ २०७८, २० : ०९
लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै : डब्लुएचओ

काठमाडौं । हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ । 

लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार भने, “लेबनानमा गम्भीर चुनौतीहरू छन्, विशेष गरी चिकित्सा, इन्धन र पानीको आपूर्तिको अभावले लेबनानका जनताको स्वास्थ्य अवस्थालाई असर गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले लेबनानको समस्यालाई सम्बोधन गर्न विश्व समुदायसँग छलफल गरिरहेको छ । छिट्टै सहयोग लेबनान आइपुग्नेछ ।”

राष्ट्रपति मिशेल आउनसँग बाबडा प्यालेसमा भएको वार्तापछि गेब्रेयससले भन्नसभयो, “विशेष गरी खोप लगाउने सन्दर्भमा कोभिड–१९ महामारी विरुद्ध लड्न लेबनानले गरेको प्रयास सह्रानीय छ । मध्य पूर्वी यस देशमा अहिलेसम्म ३० प्रतिशत जनसङ्ख्यालाई कोभिड–१९ पुष्टि भइसकेको जनाएको छ ।

उनले भने,  “लेबनानको कोभिड–१९को स्थिति सुधार्न र अन्य स्वास्थ्य समस्यामा पनि सहयोग गर्न हामी सहयोगको व्यवस्था गर्नेछौं । 

उक्त अवसरमा लेबनानका राष्ट्रपति मिशेल आउनले देशले सामना गरिरहेको आर्थिक, स्वास्थ्य र मानवीय संकटलाई ध्यानमा राखेर संगठन र लेबनानबीच थप सहयोगको माग गरे ।

एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै घेब्रेयसस बिहीबार लेबनान आइपगेका थिए । यस प्रतिनिधिमण्डलले कोभिड–१९ महामारीलगायतका विभिन्न स्वास्थ्य सेवाको अवस्थाको अध्ययन गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस