काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको टिप्पणी गरेका छन । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।
पार्टीभित्रै एकलौटी गरेको आरोपबाट घेरिएका देउवाले सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा आलोचना चुलिएको हो ।गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने गर्दा प्रतिरक्षा गर्ने अवस्था नभएको भन्दै नेता थापाले पत्रकारहरुसँग भने, ‘म कांग्रेसको कार्यकर्ता, मेरो सरकारले भनेर कामको रक्षा गर्न सक्ने अवस्था छैन । हामी सबै खुम्चिनु परेको छ । मन्त्रिमण्डलको पूर्णता किन नगरेको भन्ने कुरालाई किन्तु परन्तु भनेर प्रतिरक्षा गर्नै सक्दिँन । कतिपय नगर्नुपर्ने काम भएका छन्, गर्नुपर्ने काम भएको छैन । समयमा गर्नुपर्ने काम भएको छैन । मसँग उत्तर नै छैन ।’
अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेसको चुनावी भविष्यसमेत जोडिएको भन्दै उनले थपे, ‘यो सरकारको सफलतासँग कांग्रेसको चुनावी सफलता जोडिएको छ । अब ओली सरकारले गरेका काम कारबाही हाम्रा एजेण्डा बन्दैन । त्यसलाई जनताले बिर्सिसके ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड