काठमाडौं । सामानयतयाः राष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको समसामायिक घटनाक्रम लगायतका विषयमा प्रधानमन्त्रीले नियमित विफ्रिङ गर्ने प्रक्रिया हुन्छ ।
प्रमुख प्रतिपक्षी दलका नेताले भेटनै नहुने भन्ने हुँदैन । तर प्रमुख प्रतिपक्षी दलका नेताले भेट गरेपछि त्यसको जानकारी राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिनुपर्ने हुन्छ ।
तर एमाले अध्यक्ष केपी ओलीले सत्तावाट बाहिरिँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट वार्ता गर्न छोडेका छैनन । प्रधानमन्त्री ओली हुँदा राष्ट्रपति कार्यालय ओलीका लागि पानी पधेरो जस्तै थियो । भेटन जानका लागि कुनै समय सिमा थिएन ।
उनी आवश्यकता महसुस गर्दा कुदेर राष्ट्रपति कार्यालय पुगिहाल्थे । आफनो सहजताका लागि उनले राष्ट्रपति पदको समेत दुरुपयोग गर्ने गरी कतिपय विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसम्मलाई उपयोग गरे ।
जसकाकारण ओलीसँगसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि आलोचित भइन् । उनी एमाले त्यसमा पनि ओलीको अशली कारिन्दा मात्र भएको टिप्पणी पनि भयो ।
त्यही कारण अहिलेका प्रधानमन्त्री शेरवहादुर देउवाले प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्री बनाउन दिएको निवेदनलाई नै उनले आधार देखाइनन् । देउवालाई प्रधानमन्त्री बनाउन अदालतकै फैसल्ला आवश्यक परयो ।
त्यसपछि प्रधानमन्त्रीको सपथ कार्यक्रममा पनि देउवालाई बधाई समेत नदिई हिडेकोमा राष्ट्रपति भण्डारीको निक्कै आलोचना भएको थियो । त्यसयता प्रधानमन्त्रीकै नियमित भेटघाट यदाकदा मात्र राष्ट्रपति सँग भईरहेको छ ।
तर सरकारबाट हटेर प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा झरिसकेका एमाले अध्यक्ष ओलीको भने राष्ट्रपतिसँग भेटघाट रोकिएको छैन । प्रधानमन्त्रीकोक कुर्सीवाट झरेपछि पनि देखिने र सुनिने गरी नै ओलीले दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरिसकेका छन् । त्यसैको पछिललो श्रृंखला हो वुधबार ओली र राष्ट्रपति विद्यादेवी भण्डारी वीचको भेटवार्ता ।
एमाले विभाजन पछि देशभर माधव नेपालको पार्टीलाई झिंगा, वडा सम्म कही नजित्ने र माधव नेपाल कमरेड सम्म होइनन भन्ने जस्ता भाषणवाजी गदै हिडेका ओली मंगलवार गृहजिल्ला झापामा थिए । वुधबार दिनभर उनी बुटवालमा एमालेले आयोजना गरेको कार्यक्रममा थिए ।
त्यसपछि उनी सिधै काठमाडौं आएर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न पुगेका हुन् ।
दिनभरको थकान समेत भुलेर उनले वुटवल बाट फर्केर साँझ राष्टपति भण्डारीलाई किन भेटन पुगे ? यसको बारेमा दुवै पक्षवाट केही खुलाईएको छैन ।
तर राष्ट्रपतिसँग ओलीले झण्डै दुई घण्टा लामो भेटवार्ता गरेको शित्तल निवास स्रोतले पुष्टि गरेको छ । साझ ८ वजे शित्तल निवास प्रवेश गरेका ओली वेलुकी १० बजेपछि मात्र शित्तल निवासवाट फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
धान रोपाइँमा सहभागी भए राष्ट्रपति पौडेल
धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह
पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल