दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

पत्रपत्रिकाबाट

विहीबार, ३१ भदौ २०७८, ०८ : १२
दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

काठमाडौं ।  दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् ।

यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए ।

“यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले भने, “केन्द्रको निर्देशन अनुसार अबको केही दिनबाटै नयाँ नोट वितरण हुने छ ।” 

गत वर्ष कोरोनाको कारण समयमै नयाँ नोट छाप्न नसकेर स्टक नहुँदा सुकिला नोट वितरण गरेको राष्ट्र बैंकले यस वर्ष भने नयाँ नोट वितरण गर्ने भएको हो ।

राष्ट्र बैंकबाट मात्र भन्दा सम्बन्धित बैंक तथा वित्तीय संघ संस्थाहरुलाई आम जनता सामु नयाँ नोट वितरण गराउने भन्दै उनले यस वर्ष नयाँ नोट वितरणमा कुनै समस्या नहुने दाबी गरे । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस