नेसनल माइक्रो फाइनान्सको संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला

सफल खबर संवाददाता

बुधबार, ३० भदौ २०७८, १३ : १५
नेसनल माइक्रो फाइनान्सको संस्थापक सेयर आजबाट लिलामी बिक्री खुला

काठमाडौं । नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारबाट ३६ हजार पाँच सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । 

संस्थाले प्रतिकित्ता न्यूनतम एक हजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।   

यो सेयर विद्यमान संस्थापकहरू वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । १३ असोजभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस