काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६ सय ६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
यसमा न्यूनतम पाँच सय एक रुपैयाँ भाउमा लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्ने छन् । यो सेयर विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाले आवेदन दिन सक्ने छन् ।
बैंकको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । त्यसका लागि १५ असोजसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० भदौ २०७८, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर