पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तुलबहादुर गुरुङ चयन भएका छन् । आइतबार भएको प्रदेशस्तरीय बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।
उनको अध्यक्षतामा गण्डकीमा एक सय ३५ सदस्यीय प्रदेश कमिटी पनि गठन भएको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको अध्यक्षतामा गण्डकीबाट प्रतिनिधित्व गर्ने १४ केन्द्रीय सदस्यहरूको बैठकले यो निर्णय गरेको हो ।
सचिवमा तनहुँका प्रतापलाल श्रेष्ठ र उपसचिवमा कास्कीकै श्रीनाथ बराल चयन भए । उपाध्यक्ष र महिला उपसचिव भने खाली राखिएको छ । अहिले नयाँ पार्टीको जिल्लास्तरीय कार्यक्रम भइरहेको छ । संगठन विस्तार र प्रशिक्षण चलिरहेको नवनिर्वाचित उपसचिव बरालले बताए ।
‘अब सबै जिल्ला, पालिका हुँदै वडा तहसम्मको कमिटी गठन र पार्टी कार्यालय स्थापना हुन्छन्,’ उनले भने, ‘प्रशिक्षण चलिरहेको छ । जिल्लास्तरीय बैठक भइरहेका छन् ।’ बरालका अनुसार ३ असोजमा अध्यक्ष माधवकुमार नेपालले पोखरामा प्रदेशस्तरीय र जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान
नेकपा एसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)