सभामुखमाथि देखाइएको ओली हठ !

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १० : ३६
सभामुखमाथि देखाइएको ओली हठ !

काठमाडौं । एउटा नेपाली उखान छ  ‘केले चाउरिस मरिच आफ्नै कर्मले । ठीक यस्तै छ, अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हालत । अध्यक्ष केपी ओलीको अहंकारी, स्वेच्छाचारी र निरंकुश शैलीलाई बेलैमा सच्चाउन नसक्दा अहिले एमाले आफैमा चाउरिएको छ । तर पनि ओलीको साथबिना आफ्नो भविश्य सुरक्षित छैन कि भन्ने भयमा बाँचिरहेका एमालेका नेताहरु ओलीको एकपछि अर्को गल्ती, अहंममा पनि आँखा चिम्लेर बसिदिने र जे गर्दा पनि चुपचाप साथ दिने मनोवृत्तिका कारण एमाले आज ओरालो लागेको लाग्यै छ ।

अवको चुनावमा एमालेले आफूलाई मत दिन के मुखले जाने भन्ने प्रश्न पनि सँगै उठेको छ । एमाले र माओवादीले देशभित्र स्थिरताको लागि पनि वामपन्थीहरुलाई मत देउ भन्दै गत प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा गठवन्धन बनाएर जनताका बीचमा गएका थिए । बामपन्थी जनमत बलियो रहेको तर छरिएर रहँदा कांग्रेस लगायत शक्तिहरुले बेला बेला सरकारको नेतृत्व लिने अवस्था आउनु र पटकपटक सरकार बनाउने र भत्काउने खेलको गोलचक्करमा मात्र लागिरहनु पर्ने परिस्थिति जन्मेपछि स्थिरताका लागि एमाले र माओवादीले गठबन्धन बनाएर चुनावमा मत मागेका थिए ।

जनताले पनि विश्वासका साथ एमाले माओवादी गठवन्धनलाई मत दिए । झण्डै दुई तिहाई मत वामपन्थी गठवन्धनलाई जनताले दिए । चुनाव पछि उनीहरुले एउटै कम्युनिष्ट केन्द्र बनाउने गरी पार्टी एकता समेत गरे । अवको २०–२५ वर्ष देशमा कम्युनिष्टले सरकार चलाउने भए भन्ने आम जनताले अपेक्षा गरेका थिए । केपी ओली प्रधानमन्त्री भए ।

तर ओलीले चुनावी प्रतिवद्धता अनुसार घोषणापत्रमा टेक्नै चाहेनन् । उनी सत्तामा पुगेपछि निरंकुश बन्दै जान थाले । स्वेच्छाचारी ढंगले उनले काम गरे । पार्टीसाग उनले कुनै सल्लाह, परामर्श गर्ने चाहेनन् । आफ्नो गुट र आफनो जयजयकार गर्ने, पार्टीभित्रकै अन्य नेतालाई गाली गर्ने नेता कार्यकर्ता छानी छानी राज्यसंन्यत्रमा संरक्षण गर्ने नीति ओलीले लिए ।

अन्ततः  पार्टीले उनलाई सच्चाउने प्रयास गर्दा उनले संविधान, ब्यवस्थामाथि नै धावा बोल्ने गरी जननिर्वाचित संसद अवैधानिक रुपमा विघटन गरे । त्यो पनि एकएक पटक मात्र होइन, अदालतले त्यसरी संसद विघटन गर्न नपाउने फैसला सुनाए पनि उनले दोहो¥याएर फेरि पनि संसद विघटन गरे । आफूबाहेक अरु प्रधानमन्त्रीको कुर्सीमा आउन नसक्ने भन्दै आउन खोजे कुर्सी नै भाँचिदिने जस्ता भाषा प्रधानमन्त्रीको आसनमा बसेर ओलीले दिए । राष्टपति जस्तो गरिमामय पदमा बसेकी विधादेवी भण्डारीसम्मलाई उनले मामुली कार्यकर्ता झै आफनो स्वार्थका लागि प्रयोग गर्दै गए । वैध, अवैध जे पनि उनले राष्ट«पतिलाई गर्न लगाए ।

ससदमा १७४ सिटमा सुरक्षित रहेका ओली अन्तत एमाले माओवादी अलग गर्ने सर्वोच्चको फैसलासँगै १२१ मा सिमित भए । झण्डै दुई तिहाईवाट बहुमत समेत नपुगी १२१ मा खुम्चिदा सम्म उनमा चेत खुलेन । एमालेभित्रै माधव नेपाल र झलनाथ खनालजस्ता पार्टी नेतृत्व २७ वर्ष हाँकिसकेका नेताहरुलाई उनले पार्टबाट हटाउने चालबाजी चालिरहे । पार्टीमा उनको कार्यशैलीको आलोचना गर्नेप्रति अत्यन्त असहिष्णु बनेर ओलीले पार्टीबाटै धकेल्ने नीति बनाए ।

फलस्वरुप उनी संसदमा विश्वासको मत लिने बेलासम्म निक्कै खुम्चिए । उनी पदमुक्त भए । तर पनि उनले राष्ट«पतिलाई दुरुपयोग गरेर आफै सत्तामा बस्न अनेक तानाबाना बनिरहे । उनी जति सत्तामा रहन्छन्, उनले संविधान, ब्यवस्थाका किलाकाँटा झिनाँल्दै जान थाले । संविधानबादको रक्षा, ब्यवस्थाको रक्षाका लागि माओवादी केन्द्रलगायत शक्तिहरुले त्यसपछि उनको विकल्पको खोजी शुरु गरे । 

अन्ततः बहुमत संसदमा विपक्षीको पुग्दा समेत आफैसँग बहुमत रहेको जिकिर सहित राष्ट्रपतिलाई शक्ति दुरुपयोग गराएर सरकार छोड्न उनले चाहेनन् । अन्ततः सर्वोचच अदालतले उनलाई सरकारको गद्दीबाट निकाल्ने फैसल्ला सुनाइदियो  त्यसपछि उनी वालुवाटारवाट बालकोटको बार्दलीसम्म पुगे । ४२ महिना सरकारको नेतृत्वमा बसेका ओलीले अहिले सरकार छोडनु परेको पीडा भूल्न सकेको छैन । उनी अहिले पनि त्यही सरकार छोड्नु परेको पीडाले बर्बराउन छोडेका छैनन् ।

अहिले एमाले विभाजित भएको छ । आफु प्रधानमन्त्री हुँदा माधव नेपालले छुट्टिन खोजे आफै अध्यादेश ल्याएर बाटो खोलिदिने बताएका ओली अहिले त्यही अध्यादेशले पार्टी फुटाइदिएको भन्दै संसदमा मुर्छाइरहेका छन् । सभामुखमाथि आरोपित लगाउँदै उनले निशाना साधिरहेका छन् ।

उनकै पार्टीका नेता सुवास नेम्वाडले संविधानसभाकै बेला ५ महिनासम्म माओवादीले कारबाही गर्न पठाएको पत्रमा कुनै कारबाही प्रक्रिया तत्काल नचाली ५ महिनासम्म अल्झाएका सुवास नेम्वाडहरु अहिले माधव नेपाललगायत १४ सांसदलाई सभामुखले कारवाही नगरेको र आलटाल गरेको भन्दै सभामुखविरुद्ध संसदमा प्रस्तुत भइरहेको छ । जिम्मेवार प्रतिपक्षीले सम्वादमा कुनै चासो नदिई एकोहोरो आफ्नै हठ देखाइरहेको छ । सम्वादका लागि सभामुखले ओली स्वयमलाई हटलाइनमा फोन गर्दा समेत ओलीले कुनै चासो नदिई सम्पर्कमा आउन चाहेका छैनन्। यसले प्रतिपक्ष कति असहिष्णु बनिरहेको छ भन्ने देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस