चितवन । नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना ८ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पौडेल गम्भीर घाइते भएका थिए ।
घाइते पौडेलको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २८ भदौ २०७८, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते