काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले वृद्धि भएको छ । गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।
यस्तै, आज यता चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत आइतबार चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?