काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । लामो समयसम्म मिन्त्रपरिषद् विस्तार गर्न नसकेको भनी आलोचना खेप्न थालेका उनले दलहरुलाई मन्त्री बन्नेहरुको नाम दिन आग्रह् गरेपछि गठबन्धन दलभित्रकै जनता समाजवादी पार्टी ले दल विभाजन सम्वन्धी माधव नेपाललाई सहजताका लागि ल्याईदिएको अध्यादेश निष्क्रय नबन्दा सम्म मन्त्रिपरिषद् विस्तार नगर्न र आफनो तर्फबाट नाम दिन नसक्ने बताउँदै आएको छ ।
तर आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमति बैठकको रुपमा बोलाईएको एक मन्त्रीले जानकारी दिए । यो नियमित बैठक हो, दिउँसो ३ वजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाईएको छ, ति मन्त्रीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक (सूचीसहित)
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवा