काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । लामो समयसम्म मिन्त्रपरिषद् विस्तार गर्न नसकेको भनी आलोचना खेप्न थालेका उनले दलहरुलाई मन्त्री बन्नेहरुको नाम दिन आग्रह् गरेपछि गठबन्धन दलभित्रकै जनता समाजवादी पार्टी ले दल विभाजन सम्वन्धी माधव नेपाललाई सहजताका लागि ल्याईदिएको अध्यादेश निष्क्रय नबन्दा सम्म मन्त्रिपरिषद् विस्तार नगर्न र आफनो तर्फबाट नाम दिन नसक्ने बताउँदै आएको छ ।
तर आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमति बैठकको रुपमा बोलाईएको एक मन्त्रीले जानकारी दिए । यो नियमित बैठक हो, दिउँसो ३ वजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाईएको छ, ति मन्त्रीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत