सहिद स्मारक सी डिभिजन लिग छनौट खेल खेल्न सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब काठमाडौं प्रस्थान

प्रकाश सिग्देल

आइतबार, २७ भदौ २०७८, १५ : २०
सहिद स्मारक सी डिभिजन लिग छनौट खेल खेल्न सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब काठमाडौं प्रस्थान

चितवन । सहिद स्मारक सी डिभिजन लिग छनोट खेल खेल्नका लागि सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब काठमाडौं प्रस्थान गरेको छ । धुर्व भुषालको नेतृत्वमा २५ सदस्य टोली काठमाण्डौ गएको हो ।  टोलीलाई भरतपुर महानगर प्रमुख रेनु दाहाल , चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, सेन्ट्रल कलेज भरतपुर प्रिन्सिपल वाई बि पौडेल, क्लबका अध्यक्ष ऋषि थापा, लगायतले बिदाई गरे ।

१० वर्ष यता पहिलो पटक चितवनबाट प्रतिनिधित्व गदै सेन्ट्रल कलेज सि डिभिजनको छनोट खेलका लागि टिम बनाएर जान सफल भएको सेन्ट्रल कलेजका प्रिन्सिपल वाई बि पौडेलले बताए ।

बिदाई कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले क्लबलाई राम्रो प्रदर्शन गर्दै सी डिभिजन छनोटको शुभकामना दिईन । उनले महानगरले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सबै वडामा मैदान निर्माण गरिरहेको बताइन । चितवनमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण भइरहेको भन्दै उनले निर्माण सम्पन्न भएपछि यहाँ ठुला प्रतियोगिताहरु आयोजना गर्न सकिने जानकारी दिईन ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले अनुशासित भइ खेलमा राम्रो प्रदर्शन गर्न आग्रह गरे । उनले सी डिभिजनका लागि छनोट हुने लक्ष्यका साथ मैदान उत्रिन खेलाडीहरुलाई आग्रह गरे ।  मुख्य प्रशिक्षक कृष्ण कार्कीले टिम उच्च मनोबलका साथ मैदान उत्रिने र छनोटमा पर्न सफल हुने बताए ।

सो अवसरमा सेन्ट्रल कलेज भरतपुरका प्रिन्सिपल पौडेलले आफ्नो कलेजले  ३ वर्र्ष अगाडी देखि क्लबमा आवद्ध भएर क्लबमा लगानी गरेर सि डिभिजन खेलमा खेलाडी पठाउन सफल भएको बताए ।

बिगतमा अरु धेरै खेलहरुमा सहभागि भएर मेडल जितेपनि सि डिभिजन छनोटका लागि टिम सहित चितवनको प्रतिनिधित्व गरेर यो पटक क्लबलाई पठाउन पाउदा खुसि लागेको उनले बताए ।

चितवनको पहिलो खेल भदौ २९ गते मनमैजु काठमाडौंसँग छ भने दोस्रो खेल ३१ गते हिमालय क्लव कैलालीविरुद्ध रहेको छ । सेन्ट्रल कलेज भरतपुर फुटवल क्लब चितवनबाट सी डिभिजन छनोट खेल्ने एक मात्र क्लब हो ।

सन् २०१० मा स्थापना भएको यस कलेजको प्रधान कार्यलय काठमाडौं पुतली सडकमा रहेको छ । यसको मुख्य शाखा कार्यालय सहिदचोक नारायणगढमा रहेको छ । यसबाहेक चितवनकै रत्ननगर, खैरहनीमा पनि यसका शाखाहरु छन् । झन्डै १० वर्षदेखि सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई जापानिज भाषाको कक्षा र आवश्यक परामर्श दिँदै आइरहेको छ । गुणस्तरीय जापानिज भाषा कक्षा र परामर्श दिँदै आएको सेन्ट्रल कलेजले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जितिरहेको छ ।

प्रतिक्रिया दिनुहोस