लगातारको अवरोधपछि संसद बैठक १५ मिनेट स्थगित

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १३ : ५३
लगातारको अवरोधपछि संसद बैठक १५ मिनेट स्थगित

काठमाडौँ । विपक्षीको लगातारको अवरोधपछि संसद बैठक १५ मिनेट स्थगित भएको छ ।  विपक्षी दलका सांसदहरुले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘सभामुख अग्नि सापकोटा मुर्दाबाद’ लगायत नारा लगाउँदै संसदको अग्रभाग घेरेका थिए।

सभामुख सापकोटाले विपक्षी दलको करिब २२ मिनेटको विरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस