चितवन । नेकपा एमालेका नेता महेश बस्नेतले अर्ली इलेक्सनमा जान ढिलाइ गर्न नहुने तर्क गरेका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सरकार विकृति र कुशासनको बाहक बन्न लागेको भन्दै अर्ली इलेक्सनमा जानुपर्ने तर्क गरेका हुन् ।
‘अहिलेको सरकार र संसदले विकृति, विसंगति मात्रै जन्माउँछ । कुनै कानून, कुनै विजनेस दिन सक्दैन’, उनले भने, ‘आजको सबैभन्दा उचित विकल्प अर्ली इलेक्सन हो ।’ ‘चुनावमा धाँदली र सत्ता दुरुपयोगको आशंका कांग्रेसभित्रै भएकाले चुनावमा जाने हिम्मत गर्न आग्रह गरे । ‘कांग्रेसको बुद्धि पलाएको छ भने चुनावमा जाउँ’, उनले भने, ‘एमालेसँग चुनावमा भिड्ने आँट नभएरै सत्तारुढ दलहरु महागठन्धनमा लागेका छन् ।’
उनले राज्यको स्रोत साधान दुरुपयोग गरेर प्रतिपक्षलाई पेलेर नजान चेतावनीसमेत दिए । ‘अहिले हामीले संसदमा देखाएको कास्टिङ मात्रै हो, क्लाइमेक्स खतरनाक हुनसक्छ ।’उनले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक दलको निर्देशनमा हिँडेको आरोप पनि लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ भदौ २०७८, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महेश बस्नेतले भक्तपुर-२ बाट गराए उम्मेदवारी दर्ता
कुलमान न घरको न घाटको भए, अब पालो बालेनको : महेश बस्नेत
एमाले एक्लैको बहुमत आउँछ: महेश बस्नेत
भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत उम्मेदवार सिफारिस
महेश बस्नेतको प्रश्न- भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के योजना बनाएको छ ?
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन