उद्योगी रुक्मशम्शेर राणाको निधन

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, ०९ : ५२
उद्योगी रुक्मशम्शेर राणाको निधन

काठमाडौं । डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ ।  

नेपाल भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन् । उनको शनिबार दाहसंस्कार गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस