पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र बिकास कोष

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, २१ : ०२
पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र बिकास कोष

काठमाडौं । श्रीपशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ ।

नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराहरुको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाद्धारा जारी प्रेस विज्ञप्तिमा यसरी सम्पन्न गरिएको उक्त कार्यमा कुनै पनि किसिमको अनियमितता नभएको कुरा स्पष्ट पार्न चाहन्छौँ । उल्लेख गरिएको छः  

विज्ञप्तिमा जलहरी लगायत विविध विषयलाई लिएर पशुपति क्षेत्र विकास कोष तथा सम्बन्धित पदाधिकारीहरूको व्यक्तिगत मान मर्यादामा समेत आँच पुग्ने किसिमको तथ्यहीन, भ्रमपूर्ण र कपोलकल्पित समाचार विभिन्न सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गरेको प्रति कोषको ध्यानाकर्षण भएको भनिएको छ ।
हिन्दु धर्मलाई आदर्श मान्ने र धर्म रक्षाका लागि लागिरहने पदाधिकारीहरुलाई समेत धर्म विरोधि जस्ता आरोप लगाएर हिन्दु धर्मकै विरोध गर्नेहरुले प्रचारवाजी गरेको हुन सक्ने कोषका एक पदाधिकारीले बताए ।

 कसैको निजी स्वार्थ र कुण्ठा पूरा नभएकै कारण आधारहीन आरोप–प्रत्यारोप र प्रचारबाजी समेत गरेको सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा नकारात्मक समाचार प्रकाशन गर्न लालयित रहेको भन्दै हिन्दू धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई शिरोधार्य गर्दै भगवान् श्रीपशुपतिनाथको सेवामा लागिरहेको व्यक्तिलाई हतोत्साहि पार्न खोजिएको कोषका एक पदाधिकारीले बताए ।

 भगवान् श्रीपशुपतिनाथको गरिमालाई अझ समुच्च बनाउनु हामी सबैको परम दायित्व हो भन्ने कुरामा हामी सदैव सचेत रहँदै कार्यसम्पादन गर्दै आएका छौँ । तसर्थ, यस्ता अर्नगल प्रचारको भ्रममा नपर्न सम्पूर्ण सञ्चारकर्मी तथा सम्बन्धित सबैमा जानकारीका साथ अनुरोध गर्दछाँै ।  विज्ञप्तिमा उल्लेख छ ।

पशुपतिनाथमा रहेको शिवलिंगको जलहरिबारे उजुरीका आधारमा अनुसन्धान भईरहेको र अनियमितता भएकै छ भने स्थिति अहिले नरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस