डब्लुएचओको ७४ औं बैठक ८ बुँदे निर्णय गर्दै सकियो

७५ औं बैठक आगामी सेप्टेम्बरमा भुटानले गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १७ : १४
डब्लुएचओको ७४ औं बैठक ८ बुँदे निर्णय गर्दै सकियो

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली क्षेत्रको ७४ औं बैठक ८ बुँदे निर्णय गर्दै आज सकिएको छ । पाँच दिनसम्म भर्चुअल माध्यममार्फत काठमाडौंमा बसेको बैठकको अध्यक्षता नेपालले गरेको थियो ।

नेपालले यस सत्रदेखि अर्को सत्रसम्म नयाँ अध्यक्ष चयन नहुञ्जेल समितिको अध्यक्षता गर्ने निर्णय भएको छ । कोभिड-१९ महामारीको सन्दर्भमा अत्यावश्यक स्वास्थ्य सेवाहरुलाई थप प्रभावकारी बनाउन मन्त्रीस्तरीय घोषणापत्र जारी गर्ने निर्णय पनि भएको छ ।

विश्व स्वास्थ्य संगठनको २०२२ देखि २०२३ सम्मको कार्यक्रम तथा बजेट पारित गर्ने, विद्यालय स्वास्थ्य र विद्यालयहरुमा स्वास्थ्य प्रवद्र्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउने निर्णय पनि भएको छ ।

नसर्ने रोग, मुख स्वास्थ्य र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणमा भए गरेका प्रयासलाई सुद्धढ बनाउने निर्णय गरिएको छ । साथै दक्षिणपूर्वी एसियाली मुलुकमा स्वास्थ्य प्रवद्र्धन बैठक गर्ने, भाइरल हेपाटाइटिस, एचआइभी तथा यौन रोग नियन्त्रणका लागि कार्य दशक मनाउने निर्णय पनि बैठकले गरेको छ ।

७५ औं बैठकको सत्र २०२२ सेप्टेम्बर ५ देखि ९ मा भुटानमा हुने पनि निर्णय भएको छ । काठमाडौंमा पाँचदिन सम्म चलेको बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवा र डब्लुएचओ निर्देशक डा। टेड्रोस लगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस