कस्तो रहनेछ आजको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, ०७ : ५७
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  शुक्रबार देशभरको मौसम सामान्य बदली रही धेरै स्थानमा वर्षा हुने जनाएको छ ।

नेपालमा अहिले भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको मौसमविदले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि सामान्य वदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।शुक्रबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस