काठमाडौं । महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो । दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ दुवै जनाले साई मोबाइल ग्यालरी सञ्चालकलाई धम्क्याउँदै रु दुई लाख माग गरेको तर पसल सञ्चालकले दिन नसक्ने बताएपछि नगद रु २५ हजार र सामान लगेर गएका थिए । दुवै जनाको पसल सञ्चालकसँग ‘बार्गेनिङ’ गरेको भिडियो सीसीटीभी क्यामेरामा कैद भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ भदौ २०७८, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ