काठमाडौं । नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश–२ मा वडा अधिवेशन अनिश्चित बन्दा निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुङ्गिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।
प्रदेश–२ मा आजसम्म क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्योलमा परेको कांग्रेस धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी योगेन्द्र पञ्जियारले बताए ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर तथा निर्वाचन क्षेत्र ४ का सभापतिसमेत रहनुभएका पञ्जियारले भन्नुभयो, “वडा अधिवेशन भदौ २६ र २७ गते हुने चर्चा चले पनि त्यो अब सम्भव छैन, अधिवेशनका लागि क्रियाशील सदस्यताको नै टुङ्गो लागि सकेको छैन ।”
त्यसैगरी युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी राजकिशोर सिंहले प्रदेश २ मा भदौमा अधिवेशन प्रारम्भ हुने सम्भावना नदेखिएको जनाए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ भदौ २०७८, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल