मालेका नेताहरु प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १४ : ३४
मालेका नेताहरु प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको बिरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्दा नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा मालेका स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धी महर्जन रहेका छन् । मालेले पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । मालेले एमसीसी राष्ट्रघाती भएको दावी गर्दै चरणबद्ध रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस