रामकुमारी झाँक्रीलाई ओलीको प्रश्न : राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १७ : ५०
रामकुमारी झाँक्रीलाई ओलीको प्रश्न : राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल-नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले सोमबार झाँक्रीलाई जवाफ फर्काएका हुन् ।

झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्री ओली विरुद्ध जथाभावी बोलेको भन्दै तत्कालीन सरकारले गिरफ्तार गर्ने चर्चाकाबीच झाँक्रीले प्रदर्शनीमार्गमा बोल्न पाइन्छ भनेर प्रदर्शन गरेकी थिइन् । अहिले उनै झाँक्रीको दल नेकपा एकीकृत समाजवादी सम्मिलित सरकारले छिमेकी देशका राष्ट्रप्रमुखविरुद्ध विरोध प्रदर्शन नगर्न र पुत्ला दहन नगर्न आग्रह गरेका बेला ओलीले झाँक्रीलाई प्रश्नसहित जवाफ दिएका हुन् ।

आफैले टाँसेको टेप, मास्क फुत्त फालेर फिल्मी स्टाइलमा चट चट फालेर बोल्न पाइन्छ भन्नेहरुलाई अहिले म सोध्न चाहन्छु, तिनीहरु, तिनीहरुको सरकारलाई, देशकोबारेमा, राष्ट्रियताकोबारेमा बोल्न पाइन्छ कि पाइँदैन ? देशकोबारे, राष्ट्रियताकोबारेमा बोल्न पाउनुपर्छ, ओलीले भने ।

ओलीले त्यति बेला झाँक्रीले अश्लील, छाडा बोलेको भन्दै आक्रोश पोखे । आफैंले टाँसेको टेप फुकालेर बोल्न पाइन्छ भन्या छन् । अहिले किन भन्न सक्दैनन् ? ति दल, ति दलका नेताहरु, अपराधका हिस्सेदारहरु किन बोल्दैनन् ? हिजो त जसलाई जे पनि गाली गरेको छ । माइतीघर वरिपरी दिनैपिच्छे गाली गरेर बस्या छ । अहिले कहाँ छन् ? ओलीले प्रश्न गरे, हिजो अधिनायकवाद र निरशंकुता भो रे । अहिले लोकतान्त्रिक वाक स्वतन्त्रा भो र ? अहिले संविधानविपरीत सिधै चुनौती दिएर बोलेमा कारबाही गर्छु भन्छ । शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण विरोध अभिव्यक्ति स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता खोस्न सकिँदैन । खोस्नेलाई तानाशाह भनिन्छ । तानाशाही टिक्दैन भन्ने हामी सबैलाई थाहा छ ।

प्रतिक्रिया दिनुहोस