काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाई बनेको भन्दै उनले कांग्रेस धेरै ठाउँमा हार्ने बताए । उनले च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा एकीकृत समाजवादीहालत के होला भनेर प्रश्न गरे ।
प्रधानमन्त्रीको टाउको दुखाइ महेश बस्नेत रहेछ । भक्तपुर आएर हराउँछु भन्नुभएछ,बस्नेतले भने, आगामी निर्वाचनमा नेपाली कांग्रेस धेरै ठाउँमा हार्ने छ । पछिल्लो गतिविधिले अझै हार्नेछ । अझ माओवादी र एसको हालत के होला ? च्याखे थाप्नेहरुको चर्चा हुँदैन ।
केही दिनअघि प्रधानमन्त्री देउवाले भक्तपुरमा वडा अधिवेशनको उदघाटन गर्ने क्रममा दुर्लभ थापालाई हराउन बस्नेतलाई चुनौती दिएका थिए ।युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेको सरकार काम गर्ने भन्दा पनि हल्ला गर्नेमात्रै भएको बताए । काम नगर्ने हल्लामात्रै गर्ने सरकार पाएका छौं । केपी ओली प्रधानमन्त्री हुँदा दिनदिनै शिलान्यास, उद्घाटन हुन्थे । कामहहरु हुन्थे । शिलान्यासै शिलान्यास, उद्घाटन नै उद्घाटन, विकासै विकास, समृद्धि नै समृद्धि थियो,बस्नेतले भने, ५५ दिनमा देउवाले दुइटामात्रै उदघाटन गर्नुभयो । एउटा ओली सरकारले बनाइदिएको बंगलामुखी मन्दिरको उदघाटन गरे । दोस्रो एमालेसँग हारेको मेरै निर्वाचन क्षेत्रको वडा अधिवेशनको उद्घाटन गर्न जानुभयो ।
बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुइतिहाइको पार्टी फुटाएको आरोप लगाए ।उनले सभामुख अग्नि सापकोटालाई पनि पदीय मर्यादामा बस्न चेतावनी दिए । ुसभामुख बनेपछि पार्टीबाट निस्किनुपर्छ । प्रचण्डको गुलाम बनेर कार्यकर्ता बनेर हिँडे तपाईसँग प्रत्यक्ष भेटघाट हुनेछ । त्यो बेला सदनमा प्रतिपक्षी देखिनेछ,उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत