काठमाडौँ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण वाग्मतीसहित उपत्यकाका विभिन्न नदीहरूमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीले खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
सोमबार बिहान ५ बजे वाग्मतीको जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सोमबार दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै उपत्यका भई बहने साना नदीहरूमा पनि जलसतह बढेको र त्यसले नदीकिनारमा रहेका बस्तीहरू डुबानमा परेको छ । धोबीखोलामा आएको बाढीले अनामनगर, मैतीदेवीलगायतका बस्तीहरू डुबानमा परेको छ ।
त्यसैगरी चितवन जिल्लाको माडी क्षेत्रको छर्छरे,कल्याणपुर,बनकट्टा,गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको र सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने महाशाखाको अनुमान छ ।
त्यस्तै बाँके जिल्लाको धकेरीलगायत आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षामापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भएर बहने साना नदीमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन