बैंकिङ्ग कारोबार पेपरलेस बनाउन नबिल बैंकले ल्यायो ‘नबिल डीजी वर्कस्पेस’

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, २० : १५
बैंकिङ्ग कारोबार पेपरलेस बनाउन नबिल बैंकले ल्यायो ‘नबिल डीजी वर्कस्पेस’

काठमाडौं । नबिल बैंकले ‘नबिल डीजी वर्कस्पेस’ संचालन गरेको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले बताएको छ । 

सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामका जन बिल डीजी वर्क स्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्ने बैंकले जनाएको छ ।

नबिल डीजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण सृजना गर्न सो कार्यक्रम ल्याएको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरेका थिए ।

नबिल डीजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छ ? कोसँग छ ? तिनको जानकारी सहजै एक क्लिकबाट पाउने छन् । समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुने भएकाले डीजी वर्कस्पेस संचालनमा ल्याएको बैंकले जनाएको छ ।

कर्मचारीले कुनै पनि फाइल स्विकृत गर्नका लागि सिस्टम अलर्ट पाउनेछन् र अपलोड गरिएका फाइलहरू हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्ने बैंकले जनाएको छ । यसले कागजी प्रकृया बिना कार्य सम्पादन गर्न सहज हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस