बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी काम छाडेर उत्रिए आन्दोलनमा,सयौं बिरामी अलपत्र

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १२ : ५२
बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी काम छाडेर उत्रिए आन्दोलनमा,सयौं बिरामी अलपत्र

सुनसरी । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आजदेखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुका मागलाई पुरा गर्न अटेर गरेका कारण बाध्य भएर काम बहिष्कार गरेको उनीहरुको भनाइ छ ।प्रतिष्ठान सुधारको माग राखेर तीन महिनादेखि आन्दोलन जारी राख्दा समेत सरकारले सुधारप्रति चासो नदेखाएपछि पुन आन्दोलनमा जान बाध्य भएको पनि उनीहरुको भनाइ छ ।

डा. बैकुण्ठ अर्यालको प्रतिबेदन तथा आन्दोलनकारी र डाक्टर गोविन्द केसीसंग गरिएको सहमति कार्यान्वयन नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डाकटर विष्णु पोखरेलले बताएका छन ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितता गरेको भन्दै उनीहरुको बर्खास्ती र प्रतिष्ठानमा अन्य सुधारका काम गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सयौं बिरामीहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस