साताको पहिलो दिन सय अंकले घट्यो नेप्से

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १२ : २५
साताको पहिलो दिन सय अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकभन्दा बढीले घटेको छ ।

कारोबार सुरु भएको डेढ घन्टा पनि नपुग्दा परिसूचक १०० भन्दा बढीले घटिसकेको छ । यो समाचार तयार पार्दासम्म आज नेप्से परिसूचकमा १०७ अंकको गिरावट आएको छ ।

यो भनेको नेप्सेमा आएको ३.६८ प्रतिशतको गिरावट हो । यसक्रममा अहिलेसम्म ९४ लाख २८ हजार कित्ता सेयर किनबेच भएर ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा ८ प्रतिशतको, विकास बैंकमा ७ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस