लमजुङका ७४ वडामा कांग्रेस अधिवेशन टुंगियो

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, ११ : ०५
लमजुङका ७४ वडामा कांग्रेस अधिवेशन टुंगियो

लमजुङ । लमजुङका ७४ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लाका ७५ मध्ये ७४ वडाको अधिवेशन टुंगिएको हो । 

६३ वडामा सर्वसम्मत र ११ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले बताए । उनका अनुसार दुधपोखरी गाउँपालिका–५ कोल्कीमा आइतबार निर्वाचन हुँदैछ ।

बेसीसहरको वडा नम्बर ३ र ८ ,दोर्दी गाउँपालिकाको १ भारते, राइनास नगरपालिका ९ र ४ , सुन्दरबजार नगरपालिका ३, ४ ,६, ७ ,९ नम्बर वडा र मध्यनेपाल नगरपालिका–४ मा निर्वाचनबाट नेतृत्व चयन भएको हो । 

लमजुङमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय छन् । जिल्लामा आठ हजार तीन सय ६९ क्रियाशील सदस्य छन् । नयाँ चार हजार तीन सय ३६ जना क्रियाशील सदस्य थप भएको सचिव बरालले बताए । पुराना चार हजार ३३ जनाले नवीकरण गरेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस