ओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जानु लोकतान्त्रिक थियो : टोपबहादुर रायमाझी

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १५ : ३२
ओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जानु लोकतान्त्रिक थियो : टोपबहादुर रायमाझी

काभ्रे । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेको स्थायी कमिटी सदस्य बनेका टोपबहादुर रायमाझीले तत्कालीन ओली नेतृत्वको सरकारले संसद विघटन गरेर नयाँ जनादेशमा जान खोज्नु लोकतान्त्रिक कदम भएको बताएका छन् ।शनिबार बनेपामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर नयाँ जनादेशमा जानु लाकतान्त्रिक रहेको बताए ।

उनले भने, ‘केपी ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी थियो। नयाँ जनादेशमा जानु लोकतन्त्र हो। तर, त्यसलाई साथीहरुले प्रतिगमन भने। नयाँ चुनावमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु हो।’त्यसपछि उनले तत्कालीन आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि खैरो खने । माधव नेपाललाई विपक्षी दलको पुच्छर समात्ने नेता भनेर आरोप लगाए।

साथै, नेकपादेखि एमाले फुटाउनेलाई इतिहासले पनि माफी नदिने उनको भनाइ थियो । अहिले फेरि एमाले फुटाउनका लागि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको प्रति खबरदारी गरे ।यसैगरी देशमा अब दुई वटामात्र पार्टी हुने पनि उनले बताएका छन् । उनका अनुसार अब देशमा एमाले र कांग्रेस मात्रै हुन्छ ।