क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु

रासस

शनिबार, १९ भदौ २०७८, १५ : २४
क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु

क्युवा । क्युवामा शुक्रबारदेखि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले क्षती न्युनिकरणका लागि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको अधिकारीले जनाएका छन् ।

क्युवाका स्वास्थ्य अधिकारीका अनुसार दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो । बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिथक उपस्थीतिसहित सुरु गर्ने योजना क्युवा सरकारले बनाएको छ ।

उनीहरुलाई खोप लगाउने अभियानको पहिलो चरणमा ८० हजार माध्यामिक तहका विद्यार्थी र १० हजार शिक्षकलाई खोप लगाइने भएको छ । क्युवामा देशभरी गरेर अहिले सात हजार विद्यालय रहेका छन् । उनीहरु मध्ये अधिकांशलाई खोप केन्द्रसमेत तोकिएको छ । सबै विद्यार्थी र शिक्षक शिक्षिकाले खोपको मात्रा पुरा गरेपछि विद्यालयमा पठन पाठनसमेत सुरु गरिने अधिकारीले जानकारी दिएका छन् । 

क्युवामा पछिल्लो एक दिनमा छ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भने ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस