तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भीमादतर्फ आउँदै गरेको ग १ च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार एक महिला, चार पुरुष र एक बालक जिपमा सवार थिए । घटनामा मानवीय क्षति नभए पनि जिप भने खोलामा डुबेको अवस्थामा रहेको उनको भनाइ थियो
बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ भदौ २०७८, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध उत्पादनमा नमुना बन्दै तनहुँको ‘बेल वास गाउँ’
दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै