काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट औपचारिक रूपमा सुरू हुँदैछ । शुक्रबार वडा तहको अधिवेशन हुँदैछ । तर, यसको सरगर्मी केन्द्रीय तहसमेत परिसकेको छ । आगामी नेतृत्वका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
बिहीबार रामचन्द्र पौडेल समूहले पनि आफूहरुले सामूहिक नेतृत्वमार्फत एकजनालाई सभापतिमा उठाउने विश्वास दिलाउन पत्रकार सम्मेलन गरेको थियो । कोइराला र सिंह परिवारको साथमा पौडेलले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरूमध्येबाट एकजना सभापतिको उम्मेदवार हुने बताए ।
पत्रकार सम्मेलनमा कोइराला परिवारबाट शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला र सिंह परिवारबाट प्रकाशमान सिंह तथा अर्जुननरसिंह केसी, गगन थापालालाई दायाँ बायाँ राखेर नेता पौडेलले महाधिवेशनका लागि आफूहरू एकजुट भएको सन्देश दिए ।
यस्तै शेरबहादुर देउवा पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । हालसम्मको गतिविधि हेर्दा सभापतिका लागि आधा दर्जन नेताहरू प्रतिस्पर्धामा उत्रने देखिन्छ । तर, सघन प्रतिस्पर्धा भने तीन समूहबीच हुने देखिएको छ ।
शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विमलेन्द्र निधि समूहबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको हो । लामो समय देउवालाई साथ दिँदै आएका निधिले यसपटक आफैँ सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
१३औं महाधिवेशनमार्फत सभापतिमा निर्वाचित देउवा यसपटक दोहोरिने मनशायमा छन् । उता कोइराला र सिंह परिवारको साथसहित अर्जुननरसिंह केसी र गगन थापाको साथ पाएका रामचन्द्र पौडेल पनि सभापतिमा निर्वाचित हुने विश्वासमा छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार १८–२३ भदौसम्म वडा अधिवेशन हुनेछ । गाउँ÷नगरपालिका अधिवेशन २७ भदौमा, प्रदेश अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा, प्रदेश अधिवेशन १०–१२ कात्तिक र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल