काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८-७९ को बजेट कार्यान्वयनमा अर्थ मन्त्रालय बाधक देखिएको छ । बजेट खर्च समयमै प्रभावकारी रूपमा गर्न नयाँ संविधानमा जेठ १५ मा नै बजेट ल्याउने प्रावधान राखियो ।
त्यसैअनुसार चालू बजेट अध्यादेशमार्फत ल्याइएको भए पनि बजेटका कार्यक्रमहरू कार्यान्वयन नगर्न अर्थ मन्त्रालयले मन्त्रालयहरूलाई दबाब दिएको छ ।
अघिल्लो सरकारले अध्यादेशमार्पmत ल्याएको बजेट संसद्मा विचाराधीन रहेको र बजेट यर्थाथपरक पनि नरहेको आकलन गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो बजेटमा ल्याएका कार्यक्रम तथा योजनाहरू कार्यान्वयन नगर्न मन्त्रीस्तरीय निर्णय गरी अर्थको बजेट तथा कार्यक्रम महाशाखामार्फत निर्देशन जारी गर्न लगाएका छन् ।
यसको पुष्टि अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख एवम् सहसचिव महेश आचार्यले गरेका छन् । उनका अनुसार अघिल्लो सरकारले ल्याएको बजेटमार्पmत ल्याएको नयाँ कार्यक्रम, योजना अघि नबढाउन अर्थ मन्त्रालयबाट पत्राचार भइसकेको छ । आर्थिक अभियानमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ भदौ २०७८, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'